बाक्लो हुस्सुका कारण धनगढीको जनजीवन कष्टकर बन्दै (फोटो फिचर)

बाक्लो हुस्सुका कारण धनगढीको जनजीवन कष्टकर बन्दै (फोटो फिचर)

धनगढी । बाक्लो हुस्सु, कुहिरोका कारण कैलालीको जनजीवन प्रभावित भएको छ । केही दिनदेखि लगातारको बाक्लो हुस्सुका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको हो ।

विशेष गरी धनगढीमा बिहानको समयमा बढी हुस्सु लाग्ने गरेको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ । तातो न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ ।

हिउँदे वर्षासँगै तराईका जिल्लामा लगातारजसो बाक्लो हुस्सु, कुहिरो लागेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

तस्विरमा हेर्नुहोस् :