प्रशासन कार्यालय बैतडीमा सेवाग्राहीको चाप बढ्यो

प्रशासन कार्यालय बैतडीमा सेवाग्राहीको चाप बढ्यो

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीमा विभिन्न सेवा लिनेहरूको चाप बढेको छ । स्थानीय तहकोको चुनाव नजिक पुगे सँगै र नेपाल प्रहरी, नेपाली सेना,र सशस्त्र प्रहरीको भर्ना खुलेकाले दर्खास्त दिनको लागी नागरिकता बनाउने र मतदाता परिचय पत्र बनाउनेको सङ्ख्या बढेकाले जिल्ला प्रशासन कार्यालय बैतडीमा भिडभाड बढ्न थालेको हो । 

विशेष गरी नेपाल प्रहरी ,नेपाली सेनाको दर्खास्त खुलेकाले नागरिकता बनाउने को सङ्ख्या बडेको हो । सोमबारबाट जिल्ला प्रशासन कार्यालय बैतडीमा सेवाग्राहीको चाप बढेको छ । अन्य कार्यालयहरूमा भन्दा यो बेला नागरिकता र राहदानी (एमआरपी) बनाउनेहरूको चाप बडेको हो ।

हालको दिनमा मतदाता नामावली कार्यअबधि सुचारु भएको र विगतको दिनको लकडाउनले गर्दा मङ्सिर,पुसको महिना फुर्सदिलो समय र कोरोना भाइरसले छिमेकी राष्ट्र भारत मा तेस्रो लहरको कोरोनाले विकराल रूप लिँदा काम गर्न गएका नेपाली नागरिक भारतले विभिन्न प्रान्तमा लकडाउन गर्दा नागरिक स्वदेश फर्केकाले धेरैको बिदा भएकाले यो समयमा नागरिकता लिनेहरूको भिडभाड बडेको बैतडीका सायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती ले जानकारी दिनुभएको छ  ।

सेवाग्राहीको चापलाई व्यवस्थित बनाउन नागरिक सहायता कक्ष पनि प्रशासनले २ ठाउँमा राखेको छ । सेवाग्राहीको चापलाई व्यवस्थित बनाउन र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले बिहान १० बजेबाट साजm ५ बजे सम्म सेवा दिने व्यवस्था मिलाइएको सायक प्रमुख जिल्ला अधिकारी भारतीले बताए ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले नागरिकता २० जनाले प्रतिलिपि लिने गरेको थियो र हिजो अस्तिबाट ९० देखि १३० सम्मले नागरिकता र प्रतिलिपि लिने गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्र भट्टले बताएका छन् ।

मङ्गलवार १ सय भन्दा बढीले नागरिकता बनाएको भट्टको भनाइ  छ । नागरिकता लिनेहरूसँगै राहदानी (एमआरपी) बनाउनेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । सामान्य समयमा १०देखि १५ जनाले राहदानी (एमआरपी) लिने गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।