मंगलबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका २३ जनामा एन्टिजेन पोजेटिभ

मंगलबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका २३ जनामा एन्टिजेन पोजेटिभ

धनगढी । भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका २३ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ । मंगलबार नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्दा २३ जनामा एन्टिजेन पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३८८ जनामा एन्टिजेन परीक्षण गर्दा एक जना भारतीयसहित २३ जनामा पोजेटिभ देखिएको हेल्थ डेस्क गौरीफन्टाका इञ्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए । भारतका विभिन्न ठाउँबाट फर्किएका व्यक्तिहरूमा चेकजाँच गर्दा एन्टिजेन पोजेटिभ देखिएको उनले बताए ।

उनका अनुसार हिजो २०७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको थियो । पछिल्लो एक सातादेखि एन्टिजेन पोजेटिभको संख्या बढ्न थालेको इञ्चार्ज ठकुल्लाले जानकारी दिए । सुदूरपश्चिमका सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि चेकजाँचमा कडाइ गरिएको छ ।