कैलालीका एसपी अधिकारीद्धारा असईमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

कैलालीका एसपी अधिकारीद्धारा असईमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

धनगढी । हालै बढुवा भएका प्रहरी सहायक निरीक्षक (असई) हरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रहरी दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी कार्यालय कैलालीमा बुधबार आयोजित एक कार्यक्रमकाबीच एसपी अधिकारीले जनपद समुह तर्फको हवल्दारबाट पदोन्नति भएका कार्यालय मातहतका असईहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्ह प्रदान गर्दै एसपी अधिकारीले बधाई तथा शुभकामना समेत व्यक्त गरे । दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा डिएसपी वेदप्रकाश जोशी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

May be an image of 3 people and people standingMay be an image of 3 people and people standingMay be an image of 8 people and people standing