सुदूरपश्चिमका तीन सहित नौ सिडिओको सरुवा, को कहाँ पुगे ?

धनगढी खबर    

सुदूरपश्चिमका तीन सहित नौ सिडिओको सरुवा, को कहाँ पुगे ?

गृह मन्त्रालयले नौ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । मन्त्रालयले नौ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

सुर्खेत, झापा, बागलुङ, बझाङ, दार्चुला,बाजुरा, ओखलढुंगा, इलाम, रुकुम पश्चिम लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हो । जिल्ला प्रशासन कार्यालय झापामा छवि रिजाललाई पठाइएको छ ।

झापामा सरुवा हुने योजनामा गृहमा हतार हतार सरुवा भएका र गृहमन्त्रीले समेत आश्वासन दिएका महानगरपालिकाको भवन ठेक्का अनियमिततामा मुछिएका राजेश्वर ज्ञवालीको मिसन पूरा हुन सकेन ।

सुर्खेतमा खगेन्द्र रिजाल, बागलुङमा रमेश ढकाल, बझाङमा बाबुराम अर्याललाई खटाएको छ । उपेन्द्र पौडेललाई बाजुराको सीडीओमा पठाइएको छ । उनी इलाका प्रशासन कार्यालय बुटवलमा थिए ।

त्यसैगरी ओखलढुङ्गाको प्रजिअमा दिलकुमार तामाङ, रुकुम पश्चिममा मन्त्रालयकै उपसचिव परमानन्द घिमिरे र इलामको प्रजिअमा माधव ढुङ्गानाको सरुवा भएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने दार्चुलाका सिद्धराज जोशीको गृह मन्त्रालयमा सरुवा भएको छ ।



बिहिबार २२, पुष २०७८ ०८:२३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस