छाडा चौपाया व्यवस्थापन गर्न नसक्नेहरूले रोजगारी दिन्छन् भन्ने के आस गर्नु : लिङ्देन

छाडा चौपाया व्यवस्थापन गर्न नसक्नेहरूले रोजगारी दिन्छन् भन्ने के आस गर्नु : लिङ्देन

धनगढी ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले छाडा चौपाया व्यवस्थापन गर्न नसक्नेहरूले रोजगारी दिन्छन् भन्ने आस गर्न नसकिने टिप्पणी गरेका छन् । बिहीबार धनगढीमा आयोजित सो पार्टीको प्रदेश स्तरीय आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

'नेपालमा ३१ वर्ष भो लोकतन्त्र, गणतन्त्रको नाममा काङ्ग्रेस, एमाले र माओवादीले सत्ता चलाएको अहिले सम्म छाडा पसूँ चौपायाहरूको त व्यवस्थापन गर्न सकेका छैनन् । भएका उद्योग धन्दाहरू पनि बेचेर खानेहरूबाट के आस गर्नु नागरिकलाई रोजगारी दिन्छन् भनेर ? यो अस्वभनिय हुन्छ ।' उनले भने । 

त्यस्तै, लिङ्देनले काङ्ग्रेस र कम्युनिस्टको विकल्प खोज्न जनतालाई आग्रह गरेका छन् । ‘अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बद्ला लिने मौका आउँछ’, उनले थपे, ‘निर्वाचनमा काङ्ग्रेस, कम्युनिस्टको विकल्प खोजौँ । यिनीहरूको पञ्जाबाट मुलुकलाई मुक्त गरौँ ।’ 

अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्द राष्ट्र देशको आवश्यकता रहेको बताए । उनले राजसंस्था र हिन्द राष्ट्र नेपालको गौरवसँग सम्बन्धित विषय रहेको उल्लेख गरे । ‘हामीले देशको लागि राजतन्त्र र हिन्दु राष्ट्रको कुरा उठाएको हो’, उनले भने, ‘भोटको लागि होइन ।’

यस्तै उनले अहिलेका राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको बताए  ।