शुक्रबार सेती प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि

शुक्रबार सेती प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि

धनगढी । शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५६ जनाको पिसिआर परीक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कोरोना परीक्षण गरीका ५६ जना मध्ये ५० जनामा भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी २४ घण्टामा एक जना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा दुई जना संक्रमित विरामीको उपचार भइरहेको छ ।

उनीहरु दुवै जनालाई आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए । यस्तै हाल सम्म एक लाख १९ हजार नौं सय ५७ जनाको कोरोना परीक्षण गरिकोमा २१ हजार एक सय ९६ जनामा कोरोना पुष्टि भएको छ ।

भने ९८ हजार ७६१ जनामा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । साथै विगत केहि दिन यता कोरोना भाइरसका विरामीको संख्या फेरी बढ्न थालेको छ ।