साउथ स्टार महेश बाबुलाई कोरोना संक्रमण पुष्टि

साउथ स्टार महेश बाबुलाई कोरोना संक्रमण पुष्टि

दक्षिण भारतीय सिनेमाका सुपरस्टार महेश बाबुलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । महेश बाबुले आफ्ना फ्यानहरुलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

महेश बाबुले बिहीबार ट्वीटरमा लेखेका छन्, ‘म मेरा फ्यान र शुभचिन्तकहरूलाई भन्न चाहन्छु कि सबै सावधानी अपनाउँदा पनि म कोरोना संक्रमित भएँ ।

मसँग हल्का लक्षणहरू छन्। मैले आफूलाई घरमा अलग राखेको छु र चिकित्सा निर्देशनहरू पालना गरिरहेको छु।’ पछिल्लो समय भारतभर कोरोनाको गति बढिरहेको छ ।