विश्वभर एकै दिन हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए

विश्वभर एकै दिन हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए

विश्वभर आज एकै दिन झण्डै २६ लाख कोरोना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै सर्वाधिक हो ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा २५ लाख ९५ हजार ४२७ जनामा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा मात्रै ७ लाख ५७ हजार, फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा एक लाख ७८ हजार, भारतमा एक लाख ४१ हजार, स्पेनमा एक लाख १५ हजार, अर्जेन्टिनामा एक लाख १० हजार र इटलीमा एक लाख ८ हजारमा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ६ लाख ६३ हजार जना संक्रमणमुक्त भएका छन् भने ६ हजार १०९ जनाको मृत्यु भएको छ ।

मत्यु हुनेमा अमेरिकामा एक हजार ७७५, जर्मनीमा २८४, बेलायतमा २२९ र इटलीमा २२३ जना छन् ।

कोरोनाबाट निको हुनेहरु अमेरिकामा ७२ हजार, पफ्रान्समा ५८ हजार, बेलायतमा ४७ हजार, जर्मनीमा ३८ हजार, टर्कीमा २९ र रुसमा २२ हजार छन् ।