कोरोना बढेसँगै सुदूरमा उच्च सतर्कता, प्रदेश सरकारले रोकथामको तयारी थाल्यो

कोरोना बढेसँगै सुदूरमा उच्च सतर्कता, प्रदेश सरकारले रोकथामको तयारी थाल्यो

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता कोरोना संक्रमण दर बढ्न थालेसँगै प्रदेश सरकारले सर्तकता अपनाउन थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढेसँगै सुदूरपश्चिममा पनि त्यसको असर बढेको भन्दै सरकारले रोकथाम तथा नियन्त्रणको तयारी अपनाउन थालेको हो ।

शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा प्रदेश कोभिड–१९ संक्रमण रोकथाम तथा ब्यबस्थापन समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै स्थानीय तहमा आईसोलेसन सेन्टर विस्तार गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।

संघीय सरकारसँग होल्डिङ सेन्टर संचालनमा सहयोग गर्न अनुरोध गर्ने, सबै नाकामा स्वास्थ्य हेल्प डेस्कलाई थप व्यवस्थित गरेर अघि बढ्ने जस्ता निर्णय भएको उनले बताए । त्यस्तै प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तह, प्रशासन, सुरक्षा निकाय तथा सामाजिक संघ संस्थासंँग पनि समन्वय र सहकार्य गरी अघि बढने समेत निर्णय गरेको  उनले बताए ।