विश्वभर २४ घण्टामा कति थपिए कोरोना संक्रमित?

विश्वभर २४ घण्टामा कति थपिए कोरोना संक्रमित?

विश्वभर पछिल्लो २४ घण्टामा २० लाख ८५ हजार ५४० जना कोरोना संक्रमित थपिएका छन् ।थपिनेमा अमेरिकामा ३ लाख ६४ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटलीमा एक लाख ९७ हजार, बेलायतमा एक ला ४७ हजार, अर्जेन्टिनामा एक लाख एक हजार छन् ।यही अवधिमा ५ लाख ७५ हजार ९४५ संक्रमणमुक्त भएका छन् भने ४ हजार ७०१ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ७९६, अमेरिकामा ६०१, बेलायतमा ३१३, पोल्याण्डमा २९२, फिलिपिन्समा २६५, इटलीमा १८४, मेक्सीकोमा १६८, जर्मनीमा १६१, फ्रान्समा १४२, टर्कीमा १४१, साउद अफ्रिाकामा ११९ र ब्राजिलमा १०३ जना रहेका छन् । कोरोनामुक्त हुनेमा बेलायतमा ५३ हजार, इटलीमा ५२ हजार, फ्रान्समा ४८ हजार, अमेरिकामा ३५ हजार, टर्कीमा ३४ हजार, जर्मनीमा २७ हजार र रुसमा २० हजार रहेका छन् ।