सुदूरपश्चिमलगाएतका क्षेत्रमा वर्षा, हिमाली तथा पहाडी क्षेत्रमा हिमपात

सुदूरपश्चिमलगाएतका क्षेत्रमा वर्षा, हिमाली तथा पहाडी क्षेत्रमा हिमपात

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली भएको छ ।

आज (सोमबार) बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ भने दिउँसो सुदूरपश्चिम र कर्णालीका केहि स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । राति सुदूरपश्चिमका एकरदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

भोलि मंगलबार पनि देशभर आंशिक बदली रहने अनुमान छ। सुदूरपश्चिम र प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।