कञ्चनपुरमा यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

कञ्चनपुरमा यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

कञ्चनपुर । महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा भीमदत्त नगरपालिका-१६ मझगाउँस्थित रेटिना इन्टरनेशनल स्कुलका प्रिन्सिपल तिलक भट्ट पक्राउ परेका छन्।

भट्टले जागिर लगाइदिने प्रलोभनमा पारी यौन दुर्व्यवहार गरेको महिलाले आरोप लगाएको प्रहरीले जनाएको छ । पीडित महिलाको उजुरीका आधारमा भट्टलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए।

अदातलबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।