धनगढी । कैलालीको अत्तरियाम हुने सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित हुने भएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघले मंगलबार देखि आयोजना गर्न लागेको महोत्सव एक दिन अगाडी मात्रै कोरोना महामारीको कारण देखाउँदै स्थगित गर्न लागिएको हो ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले कोरोना महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस भनेर स्थगित गर्न लागिएको बताए ।
उनले महोत्सवका लागि सबै तयारी पुरा भएको भएपनि स्वास्थ्यलाई ध्यानमा राखेर स्थगित गरिएको बताए ।