एमाले दार्चुला अधिवेशन : सहमति हुन नसक्दा मतदान

प्रकाशचन्द्र भट्ट    

एमाले दार्चुला अधिवेशन : सहमति हुन नसक्दा मतदान

दार्चुला ।  नेकपा एमाले दार्चुलाको नेतृत्वका लागि सहमति हुन नसकेपछि मतदान सुरु भएको छ । सोमबार बिहानै देखि मतदान गर्ने कार्यतालिका रहेपनि सहमतिको प्रयासस्वरुप ढिलोगरी मतदान सुरु भएको हो । एमाले दार्चुलाको नेतृत्वका लागि नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी र ज्ञानेन्द्र घर्ति प्रतिष्पर्धामा छन् ।

उपाध्यक्षमा भने चरन सिंह बुढाथोकी निर्विरोध चयन भइसकेका छन् । सचिवमा गंगादत्त जोशी र शेर सिंह धामीको उम्मेदवारी रहेको छ । भने उपसचिवमा ५ जना भिड्दैछन् । सो पदका लागि उमेश जोशी, खडक सिंह बडाल, चन्द्रा देवी कुँवर, दानी राम पार्की र धन बहादुुर कुँवर प्रतिष्पर्धामा छन् ।

यस्तै सदस्य खुला पदका लागि ३६ जनाको उम्मेदवारी परेको छ । जसमा १९ जना निर्वाचित हुनेछन् । ५ जना सदस्य दलिततर्फ ११ जनाको उम्मेदवारी परेको छ ।

यस्तै भूगोलतर्फ दुुहुँ गाउँपालिकाको ३ जनाको लागि ५ जना, मालिकार्जुन गाउँपालिकाको ३ जनाको लागि १० जना, मार्माको ३ जनाको लागि ४ जना, लेकम ३ जनाको लागि ७ जना, महिलातर्फ २ पदका लागि ३ जना, शैल्यशिखर नगरपालिकाको ४ जनाको लागि ९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

ढिलो गरि मतदान भएकाले रातीसम्म मतदान जारी रहनेछ । अहिलेसम्म २ सय बढी मत खसेको जनाइएको छ । ७ सय ७६ मतदाता रहेका भएपनि ५ सयको हाराहारीमा मत खस्ने आँकलन गरिएको छ ।



सोमबार २६, पुष २०७८ ०८:०७ मा प्रकाशित

#अधिवेशन #एमाले
Loading...

प्रतिकृया दिनुहोस