आजको मौसम

आजको मौसम

देशभर आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

दिउँसो प्रदेश नं १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ , प्रदेश नं २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै प्रदेश नं १ बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।राती प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भूभागहरुमा सामान्य बदली तथा अन्य सबै भुभागहरुमा आंशिक बदली रहने छ। 

प्रदेश नं १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना साथै सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश , बाग्मती प्रदेश तथा प्रदेश नं १का उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का  हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।