धनगढी । सुदूरपश्चिमका विभिन्न सिमानाका हुँदै भित्रिएका थप १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतबाट भित्रिएका मध्ये एक हजार ५८२ जनामा एन्टिजेन परीक्षण गर्दा थप १४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
२४ घण्टामा सुदूरपश्चिमका पाँच वटा नाका हुँदै एक हजार ६३२ जना नेपाल भित्रिएका थिए । ती मध्ये एक हजार ५८२ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १४८ जनामा पोजेटिभ देखिएको हो ।
गौरीफण्टा नाकाबाट फर्किएका ७७ जना र गड्डाचौकी नाका हुँदै फर्किएका ७१ जना गरी १४८ जनामा एन्टिजेन पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
साथै आज सुदूरपश्चिममा १९४ जनामा कोरोना संक्रमित थपिएका छन् । एक सातायता भारतबाट फर्किने नागरिकमा संक्रमणदर बढ्दै गएको छ ।