आज रातिदेखि कैलालीमा नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन ?

आज रातिदेखि कैलालीमा नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन ?

धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमण बढेसँगै कैलाली प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । बुधबार बसेको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको हो । स्मार्ट लकडाउनको आदेश बुधबार मध्यराति १२ बजेदेखि लागू भएको छ ।

अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ । यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला पाइने छैन ।

सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् । पूर्वनिर्धारित  सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा  स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था  गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।

No description available.No description available.