विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा दार्चुलाका प्रिन्स

धनगढी खबर    

विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्ष स्थानमा दार्चुलाका प्रिन्स

नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टन जुनियरको वरीयतामा शीर्ष स्थानमा पुगको छन् । 

ब्याडमिन्टन वर्ल्ड फेडेरेशन (बीडब्ल्यूएफ)ले सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लिँदै इतिहास रचेका हुन् । विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो ।

पछिल्लो समय प्रिन्सले गरेको प्रदर्शनका आधारमा उनी विश्वकै शीर्ष स्थानमा पुगेका हुन् । प्रिन्सको पनि यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।

पहिलो पटक विश्व वरीयताको शीर्ष स्थानमा पुगेका प्रिन्सले धेरै खुसी व्यक्त गर्दै यसले अझै राम्रो गर्न प्रेरणा दिने बताएका छन् । दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेका प्रिन्सको १० हजार पाँच सय अङ्क छ ।

मलेसियाका जस्टिन होह नौ हजार पाँच सय ९० अङ्कसहित दोस्रो स्थानमा रहँदा मलेसियाकै मोहम्मद रजिफ ६ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन् ।  प्रिन्स दार्चुलाको खलंगामा जन्मिएका हुन् ।  



बिहिबार २९, पुष २०७८ ०७:५४ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस