एमाले कैलालीमा युवाको प्रतिनिधित्व गरेका कुँवरले ल्याए सर्वाधिक मत

एमाले कैलालीमा युवाको प्रतिनिधित्व गरेका कुँवरले ल्याए सर्वाधिक मत

धनगढी । नेकपा एमाले कैलालीको खुला सदस्य पदमा सबैभन्दा बढी मत पाएर अरुण कुँवर विजयी भएका छन् । गएराति सकिएको मतगणनामा २९ वर्षीय कुँवर ३४० मत ल्याएर विजयी भएका हुन् ।

खुल्ला तर्फको सदस्य र विभिन्न कलस्टरका सदस्यहरूको मतगणनामा सबैभन्दा धेरै मत अरुण कुँवरले ल्याएका छन् । २९ वर्षीय उनले ३४० मत ल्याएका हुन् । ५८९ मत मध्ये दुवै टिममा परेका कुँवरले सर्वाधिक मत पाएका हुन् ।

२१ पदका लागि खुल्ला सदस्यमा ४६ जना बिच प्रतिस्पर्धा भएको थियो । धेरै जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुँवरले करिब ५८ प्रतिशत मत पाएका हुन् । 

‘मलाई विश्वास गरेर दुवै टिमका प्रतिनिधीहरुले मत दिनु भयो’ विजयी भएपछि कुँवरले भने ‘अब एमाले कैलालीलाई बलियो र सुदृढ गर्न तर्फ लाग्छु ।’

५ पदाधिकारी सहित १५० सदस्यहरूको मतगणना गएराति सम्पन्न भएको थियो । खुल्ला तर्फको सदस्य र अन्य कलस्टर बाहेकका पदहरूको मत गणना यस अघि नै सम्पन्न भइसकेको छ ।

कैलालीमा नव निर्वाचित पदाधिकारीहरूलाई आज शपथग्रहण गराउने कार्यक्रम तय भएको छ । एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले उनीहरूलाई सपथ ग्रहण गराउनेछन् ।