भीम रावलको आशंका : ललितानिवास प्रकरणमा मुद्दा फासफुस पार्ने चाल त होइन ?

भीम रावलको आशंका  : ललितानिवास प्रकरणमा मुद्दा फासफुस पार्ने चाल त होइन ?

नेकपा (एमाले) का नेता भीम रावलले बालुवाटारको ललिता निवाससम्बन्धी जग्गा मुद्दालाई सामसुम पार्न खोजिएको त होइन भनेर आशंका व्यक्त गरेका छन् ।

प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल प्रहरीलाई नै फिर्ता गरिएपछि नेता रावलले सन्देह व्यक्त गर्दै यस्तो बताएका हुन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा ट्विट गर्दै रावलले लेखेका छन्,‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।’