पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही सदर गर्न माग गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित भइ पार्टी परित्याग गरेर अर्को पार्टीमा गएका जनप्रतिनिधिलाई कारबाहीको माग राखेर प्रचण्डले दायर गरेको मुद्दा अन्तरिम आदेशले बदर गरिदिएको थियो । त्यसपछि प्रचण्डले उक्त आदेश बदर गरि पाउँ भन्दै सर्वोच्चमा रिट दिएका थिए ।
सोही मुद्दामा आज सुनुवाइ हुन लागेको हो। न्यायाधीशत्रय दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्ण इजलासमा मुद्दाको पेसी परेको छ। नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादीले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारबाही गरेको थियो।
पार्टीले कारबाही गरेपछि निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो । आफूलाई कारबाही गरिएको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि ती निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको उक्त आदेश खारेजको माग गर्दै प्रचण्डले सर्वोच्चमा रिट दायर गरेका थिए।