भारतमा एकै दिन साढे २ लाख कोरोना सङ्क्रमित थपिए

भारतमा एकै दिन साढे २ लाख कोरोना सङ्क्रमित थपिए

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ । हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।  

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन् । गएको २४ घण्टामा भारतमा  ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन् ।

यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख  १५ हजार ३६१ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.५९ प्रतिशत रहेको जनाइएको छ ।

सोही अवधिमा थप  ३८० को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ७३ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५४ करोड ६१ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।