प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको पहिलो जित

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको पहिलो जित

प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगितामा सुदूपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको समूह 'ए' को खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेटको क्षतिमा १५३ रन जोड्यो । उसका लगि अर्जुन साउदले ३२ रन, दीपक बोहराले २५ रन, खडक बोहोराले २२ रन  र बसन्त कार्कीले २८ रन जोडे ।

बलिङमा कर्णालीका प्रकाश जैसीले ३ विकेट लिए। दिवान पुन र रवीन्द्र शाहीले २-२ विकेट हात पारे। १५४ रनको लक्ष्य पछ्याएको कर्णाली १९.१ ‍ओभरमा १०६ रनमै अलआउट भयो।

उसका लागि रवीन्द्र शाहीले ३५ रन, अर्जुन घर्तीले ३० रन र अनुप कुँवरले १३ रन जोडे । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा सुदूपश्चिमका शेर मल्लले ४ विकेट लिए भने हेमन्त धामीले २ विकेट हात पारे।