सरकारी सेवा लिन खोपकार्ड अनिवार्य भनेपछि धनगढीमा खोप लगाउनेको भिड (फोटोफिचर)

सरकारी सेवा लिन खोपकार्ड अनिवार्य भनेपछि धनगढीमा खोप लगाउनेको भिड (फोटोफिचर)

धनगढी । सरकारले सरकारी सेवा लिनका लागि खोपकार्ड अनिवार्य भनेपछि धनगढीमा कोरोनाविरुद्धको खोप लगाउने नागरिकहरुको भिड लागेको छ । कोभिड-१९ को 'ओमिक्रोन' भेरियन्ट संक्रमण रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले यस्तो निर्णय गरेको हो ।

सो निर्णपछि नागरिकहरु खोप लगाउनको लागि धनगढी उपमहानगरपालिकाको खोप केन्द्रमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन थालेका छन् । पहिलेदेखि नै खोप लगाउन आनाकानी गरिरहेका व्यक्तिहरु अहिले सार्वजनिक सेवाबाट वञ्चित हुनुपर्ने निर्णय पनि खोप लगाउन थालेका हुन् ।

'ओमिक्रोन' भेरियन्टको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलहरुमा कडाई गरेको छ । सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने होटल, सिनेमा तथा हवाई यात्रामा खोपकार्ड अनिवार्य गरेको छ ।

यस्तै माघ ७ गतेदेखि सरकारी सेवा लिन खोपकार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

No description available.No description available.No description available.No description available.