आजको मौसम

आजको मौसम

हाल प्रदेश २ तथा बाकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आन्शिक बदली तथा देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।राती देशभर आंशिक बदली रहने छ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।