सेती प्रयोगशालामा एकै दिन थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रयोगशालामा एकै दिन थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२१ नमुना परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

२४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित अस्पतल भर्ना भएका छन् । हाल अस्पतालमा १६ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।

जसमध्ये चार जनाको आइसियु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।