सम्पत्ति विवरण बुझाउन एमाले अनुशासन आयोगको निर्देशन

सम्पत्ति विवरण बुझाउन एमाले अनुशासन आयोगको निर्देशन

नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेश सभा सदस्य, पालिकाका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ ।

आयोगका अध्यक्ष केशव बडालले निकाल्नुभएकाे अन्तरपार्टी निर्देशन–१ मा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ अनुसार सम्पत्ति विवरण बुझाउन छ । 

पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई यही पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष सम्पत्ति विवरण पेस गर्न निर्देशन दिइएको हो । आयोगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको छ ।

आयोगका सचिव भरत पहारीले तयार गर्नुभएको याे मस्यौदामाथि थप छलफल गरेर पारित गरिने जनाइएको छ ।