प्रधानमन्त्री कप क्रिकेट : आर्मीसँग सुदुरपश्चिम ३ विकेटले पराजित

प्रधानमन्त्री कप क्रिकेट : आर्मीसँग सुदुरपश्चिम ३ विकेटले पराजित

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । समूह ‘ए’ मा रहेको आर्मीले मुलपानी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो ।

सुदुरपश्चिमले दिएको १ सय १६ रनको लक्ष्य आर्मीले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर पुरा गर्यो ।आर्मीका लागि हरी चौहानले सर्वाधिक ३३ रन बनाए भने विक्रम सोब २९ रनमा अविजित रहे । सुदुरपश्चिमका लागि आदित्य महताले सर्वाधिक ४ विकेट हात पारे ।

यस्तै, नारायण जोशी, हेमन्त धामी र शेर मल्लले समान एक–एक विकेट लिए । यसअघि ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन बनाएको थियो ।

सुदुरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ३७ रनको योगदान दिएका थिए । साथै, बसन्त कार्कीले ३४ रन जोडे । आर्मीका बिक्रम सोबले सर्वाधिक ६ विकेट लिए भने कुशल मल्ल, शाहब आलम र हरि चौहानले समान १÷१ विकेट लिए ।