रोजगारीका लागी भारत जानेहरूका समस्या समाधान गर्न माग गर्दै मुख्यमन्त्री भट्टको ध्यानाकर्षण

रोजगारीका लागी भारत जानेहरूका समस्या समाधान गर्न माग गर्दै मुख्यमन्त्री भट्टको ध्यानाकर्षण

धनगढी । रोजगारीका लागी भारत पस्ने नेपालीहरुका समस्या समाधान गर्ने नेतृत्वमा पुगेका नेताहरुले पटक-पटक आश्वासन दिएपनि समस्या भने उस्तै छन् । नेपालबाट रोजगारीका लागी जाँदा देखी फर्किदासम्म बाटोमा लुटिने, काम गर्दा बिभिन्न पिडा खेप्नुपर्ने देखी भारतमै बेपत्ता तथा मृत्यवरण हुनुपर्ने समस्या समाधान नभएपछि नेपाली जनसम्पर्क समिति भारतले सुदूरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

अन्य प्रदेशको तुलनामा सुदूरपश्चिमबाट रोजगारीका लागी भारत जानेको संख्या निकै बढि छ । स्वदेशमा रोजगारी नभएको भन्दै युवाहरु नाकामा लामबद्ध भएर भारत पस्ने गरेका छन् । रोजगारी गर्न भारत पस्दा देखी फर्किदासम्म नेपालीहरुले दुखै दुख भोग्नुपरेको छ । यी दुख समाधान गर्दै स्वदेशमै रोजगारी श्रृजना गर्ने राजनितिक नेतृत्वबाट समय÷समयमा आश्वासन आएपनि समाधान हुन सकेन ।

सामान्य अवस्थामा होस या कोरोना कहरका बेला होस नेपालीहरुले घरसम्म पुग्नकै लागी पाउनसम्मको दुख भोगे । मजदूरी गर्न बाध्यताबस भारत पस्ने नेपालीहरु अब स्वदेशमै रोजगारीको श्रृजना गरिदिन माग गरिरहेका छन् । यी भारतमा रहेका लाखौँ नेपालीहरुका पिडा लिएर नेपाली जनसम्पर्क समिति भारतले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, निबर्तमान केन्द्रिय सदस्य हेमराज खत्री, तरुण दल भारतका उपाध्यक्ष नन्दराम खड्का र जनसम्पर्क समिती भारत कान्दोली माहाबिरनगर साखा अध्यक्ष कमलराज ढुगांनाको टोलीले आज मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएको हो ।

भारत जाँदा देखी फर्किदासम्मका दुख, भारतमै बेपत्ता, मृत्युको तथ्याकंनै नभएका बिषय लिएर मुख्यमन्त्रीलाई समितिले ज्ञापनपत्र बुझाएको हो । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष पाण्डेले कम्तिमा भारत जाने नेपालीहरुको तथ्याकं राखिदिन मुख्यमन्त्री भट्टलाई आग्रह गरे । तपाइपनि बषौँ भारतमा दुख गरेर फर्किनुभएको ब्यक्ती हो पाण्डेले भने ‘दुख तपाइलाई थाहा छ यी दख सम्बोधन गरिदिनुस भारतमै रोजगारी गर्न चाहानेलाई सुरक्षित गराइदिनुस नेपालमा केही गर्छु भन्नेका लागी लगानीको वातावरण, रोजगारी तथा सहुलियत श्रृण उपलब्ध गराइदिनुस ।’

सुदूरपश्चिम बिभिन्न बिकासका सम्भावना भएको प्रदेश हो पाण्डेले भने ‘कृषी, पर्यटन, जडिबुटीका माध्यमबाट युवाहरुलाई रोजगारी दिन सकिन्छ तिनको बिकासमा ध्यान दिए हाम्रा युवाले बाहिर जानुपर्दैन, तथ्याकं राखिदिनुस बेपत्ता हुनुपर्दैन, भारतमै मृत्यु भएपनि सहज तरिकाले दाहा संस्कार गर्न सकिन्छ ।’ गम्भिर भएर सोचे धेरै काम गर्न सकिने बताउँदै पाण्डेले आफ्नो कार्यकालमा भारतमा बस्ने नेपालीहरुका लागी केही काम गरिदिन आग्रह गरे ।

समितिको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारपछि केही सकारात्मक काम शुरु भएको बताएका छन् । नाका तथा परराष्टको बिषय बढिजसो केन्द्र सरकारकै जिम्मा भएको प्रतिक्रिया दिदै भट्टले रोजगारी श्रृजना गर्ने बिषय देखी यस प्रदेशको बिकासमा प्रदेश सरकार लागिरहेको बताए । कोरोना कहरका बिच रोजगारी गुमेर आएका र स्वदेशमै काम गर्न चाहानेका लागी अनुदानको ब्यवस्था गरेको सरकारले जनाएको छ । प्रदेशबाट गर्ने कामको धेरै शुरुवात गरिसकेको र संघ सरकारको समय÷समयमा ध्यानाकर्षण गराइरहेको मुख्यमन्त्री भट्टले बताएका छन् ।