कैलाली उद्योग वाणिज्य संघद्धारा प्रदेश ट्राफिक प्रमुख गौतमको विदाई

कैलाली उद्योग वाणिज्य संघद्धारा प्रदेश ट्राफिक प्रमुख गौतमको विदाई

धनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमको विदाई गरेको छ । शुक्रवार उद्योग वाणिज्य संघको सभा हलमा आयोजित विदाई तथा फेरी भेटौला कार्यक्रम आयोजना गर्दै एसपी गौतमको विदाई गरिएको हो।

कैलाली उद्योग वाणिज्य संघले सधैँ सुदूरपश्चिम प्रदेशमा नयाँ जिम्मेवारीका साथ आउने अतिथिलाई स्वागत तथा कार्यअवधी सकिएर जानेलाई बिदाइ कार्यक्रम गर्दै आइरहेको छ । सोही अनुरूप सुदूरपश्चिम प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमको विदाई गरेको छ। कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले एसपी गौतमले छोटो अवधिमा प्रशंसनीय काम गरेको उल्लेख गरेका छन्।  

अध्यक्ष कुँवरले एसपी गौतमको कार्यकालमा प्रदेशको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम सम्पन्न भएको बताए। संघको सभा हलमा भएको कार्यक्रममा बोल्दै एसपी गौतमले आफूले १७ महिना अवधिमा बस्दा पारिवारिक वातावरण पाएको बताए । उनले यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा आफूले सकेजतिको प्रयास गरेको बताए । 

उनले सुदूरपश्चिममा पहिलेको तुलनामा सडक सञ्जालमा धेरै विकास भएकाले ट्राफिक प्रहरीको काम पनि बढेको बताए। ‘यस प्रदेशमा विशेष गरेर कैलाली, कञ्चनपुरमा ट्राफिक चाप बढी छ, उनले आफ्नो कार्यकालमा ट्राफिक बुथ विस्तार गर्ने, सिसिटिभी क्यामेरा जडान गर्ने, जनचेतनाका कार्यक्रम आयोजना गर्ने लगायतका काम गरेको बताए । उनले सुदूरपश्चिममै पहिलो पटक ट्राफिक तालिमको आयोजना गरेको बताए।