शुक्रबार सुदूरपश्चिममा थप ३८३ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार सुदूरपश्चिममा थप ३८३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । शुक्रबार सुदूरपश्चिममा थप ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा दुई हजार ३१ नमुना परीक्षण गर्दा थप ३८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार १३१ नमुना पिसिआर परीक्षण गर्दा ७३ जना र एक हजार ९ सयमा एन्टिजेन परीक्षण गर्दा ३१० जनामा संक्रमण देखिएको हो । भारतबाट फर्किएका नागरिकहरुमा सबैभन्दा बढी संक्रमण देखिन थालेको छ ।

शुक्रबार मात्रै भारतबाट फर्किएका २६७ जनामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी गौरीफण्टा नाकामा १८०, गड्डाचौकी नाकामा ८६ जना र झुलाघाट नाकामा एकजना गरी २६७ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।