गोपाल हमाललाई कोरोना संक्रमण पुष्टि

गोपाल हमाललाई कोरोना संक्रमण पुष्टि

धनगढी । सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाललाई कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।

हमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-‘विगत तीन दिनदेखि मेरो स्वास्थ्यमा समस्या आइरहेकोले आज पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको कारण मेरो सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सावधानी अपनाउन अनुरोध गर्दछु।’