एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपाल बझाङको प्रथम जिल्ला भेला सम्पन्न

एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपाल बझाङको प्रथम जिल्ला भेला सम्पन्न

बझाङ । एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपाल बझाङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय चैनपुरमा एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालका केन्द्रीय समिति सदस्य अम्मर राज बडुको अध्यक्षतामा र एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी उपाध्यक्ष कलक धामीको प्रमुख आतिथ्यतामा प्रथम भेला बसेको हो ।

भेलाबाट सुरेन्द्र बहादुर रोकायाको अध्यक्षतामा १९ सदस्यीय एकीकृत स्वास्थ्य कर्मी सङ्गठन नेपाल जिल्ला कार्य समिति चयन गरिएको छ । जसमा उपाध्यक्ष वीर बहादुर धामी र पञ्चमति बोहरा उपाध्यक्ष , दल बहादुर रोकाया सचिव ,जोग्गीरी धामी कोषाध्यक्ष रहेका छन् ।

पालिका स्तरमा सङ्गठन बिस्तारका लागी जिल्लाका १२ वटै स्थानीय तहमा संयोजक तोकी फागुन मसान्त सम्म पालिका स्तरीय समिति गठन गर्ने निर्णय समेत गरिएको छ ।

कार्यक्रममा एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपाल सुदूरपश्चिम उपाध्यक्ष नारायण जोशी, केन्द्रीय सदस्य अम्मर बडू, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष हरि प्रसाद जोशी, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सचिव लक्ष्मी जोशी र जिल्ला कमिटी उपाध्यक्ष कलक धामीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा १ सय भन्दा बढी स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।