आजको मौसम

आजको मौसम

हाल प्रदेश १ र सुदूर पश्चिम प्रदेशमा सामन्य बदली तथा बाकी प्रदेशमा आंशिक बदली रहेको छ। 

दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।