मन्त्रिपरिषद्ले गर्यो जुलुस, धर्ना, विरोध प्रदर्शन लगायतमा रोक लगाउने निर्णय

मन्त्रिपरिषद्ले गर्यो जुलुस, धर्ना, विरोध प्रदर्शन लगायतमा रोक लगाउने निर्णय

सरकारले सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रकारका जुलुस, धर्ना र विरोध प्रदर्शनका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि नै काठमाडौंमा भने जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो । दैनिक रुपमा कोरोना संक्रमित बढ्दै जाँदा सरकारले कोरोना नियन्त्रणका लागि भन्दै थप व्यवस्था गरेको छ ।