जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

धनगढी खबर    

जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटियामा जीप दुर्घटना हुँदा   ६ जनाको मृत्यु भएको छ ।  

ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । विममाया र सुकबहादुरको अस्पताल ल्याउँदै गर्दा बाटोमा र अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जीप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो । शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

घाइते सबैको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात् थपको उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीपको चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।



शनिबार ०१, माघ २०७८ ०८:५३ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस