माघे सङ्क्रान्ति : कैलालीको गोदावरीमा स्नान गर्नेको घुइचो (फोटोफिचर)

माघे सङ्क्रान्ति पर्व मनाइँदै

धनगढी खबर    

माघे सङ्क्रान्ति : कैलालीको गोदावरीमा स्नान गर्नेको घुइचो (फोटोफिचर)

धनगढी । आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

यसैले आजको कैलालीको गोदावरी लगायतका नदिमा माघ स्नान गर्ने भक्तजनको भिड लागेको छ । बिहानैदेखि गोदावरी पुगेर भक्तजनहरुले पूजापाठसँगै स्नान गरेका हुन् । कोरोना संक्रमण बढेपनि गोदावरीमा आज बिहानैदेखि मानिसहरुको बाक्लो भीड लागेको छ ।  

बिहानै तीर्थस्थलमा गइ स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ ।

No description available.No description available.No description available.No description available.No description available.



शनिबार ०१, माघ २०७८ ११:४६ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस