कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका-१० दमौराका २३ वर्षीय महेश ताम्राकार रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट डोकेबजारबाट खटिएको चेकप्वाइन्ट टोलिले उनलाई नाइट्रोभेट नामक लागुऔषधसहित पक्राउ गरेको हो ।

उनले मोबाइलको ब्याट्री राख्ने ठाउँमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ८ गोटा नाइट्रोभेट पाइएको प्रहरीले जनाएको छ। ताम्राकारलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी पचगडीया बुझाइएको छ।