सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. जोशी नियुक्त

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. जोशी नियुक्त

धनगढी । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डाक्टर जगदिश जोशी नियुक्त भएका छन् ।निर्देशक गुणराज अवस्थी अनिवार्य अवकासमा गएपछी सामाजिक विकास मन्त्रालयले निमित्त निर्देशकमा जोशीलाई नियुक्त गरेको हो ।

जोशीले शुक्रबार सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको जिम्मेवारी सम्हालेका हुन् । उनी सेती प्रादेशीक अस्पतालको इर्मेजेन्सी विभाग प्रमुख तथा सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख पनि रहेका छन्।