सेती प्रयोगशालामा एकै दिन थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रयोगशालामा एकै दिन थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १०४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८७ नमुना पिसिआर परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा थप तीन जना नयाँ कोरोना संक्रमित विरामी अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।

जसमध्ये दुईजना आइसियु र दुईजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका स्ुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।