कैलाली प्रशासनको 'धज्जी' उडाउँदै र कोरोनालाई चुनौती दिँदै गोदावरीमा हजारौँ मानिसको भिड

कैलाली प्रशासनको 'धज्जी' उडाउँदै र कोरोनालाई चुनौती दिँदै गोदावरीमा हजारौँ मानिसको भिड

धनगढी । कैलालीको गोदावरी धाममा कोरोना संक्रमणलाई चुनौती दिँदै हजारौँ मानिसहरू भीड लागेको छ । माघे संक्रान्तिको अवसर पारेर गोदावरी धाममा कोरोना संक्रमणलाई बेवास्ता गर्दै स्नान गर्न जाने हजारौँ श्रद्धालु भक्तजनहरुको भिड लागेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीले पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यही पुस २८ गते आदेश जारी गर्दै सार्वजनिक स्थानमा २५ जना भन्दा बढी मानिसलाई उपस्थित हुन रोक लगाएको थियो । भने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेला, जात्रा, महोत्सव लगायतका कार्य स्थगित गर्ने निर्णय गरेको थियो ।

तर आज सो निर्णयको धज्जी उडाउँदै गोदावरीमा हजारौँ नागरिकहरू भेला भएका छन् । यसले गर्दा कोरोना संक्रमण झनै फैलिने खतरा बढेको देखिन्छ ।  कोरोना संक्रमितको संख्या केही दिन यता ह्वात्तै बढ्न थाले पनि नागरिकहरू हेलचेक्र्याइँ गर्दै आएका छन् ।

कतिपय नागरिकहरू विना मास्क सो स्थानमा सहभागी भएका छन् । सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना समेत गरेको देखिँदैन ।