एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोभिड–१९ संक्रमण भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

उनले शनिबार कोभिड–१९ को संक्रमण पुष्टि भएको र आइसोलेसनमा बस्न थालेको बताएका छन्। यसअघि कांग्रेस नेता प्रकाशशरण महतलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।