शक्तिशाली ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी

शक्तिशाली ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी

ज्वालामुखी विस्फोटपछि न्युजिल्याण्ड, फिजी र टोंगासमेत कयौँ देशमा सुनामीको चेतावनी जारी गरिएको छ । उक्त ज्वालामुखी पानी मुनि भएको थियो ।  

टोंगाको सामाजिक सञ्जालमा आइरहेको तस्बिरहरूमा पानीको छाल चर्च र कयौँ घरको माथिबाट बगिरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीका अनुसार टोंगाको राजधानी नुकुअलोफामा ज्वालामुखीबाट निस्किएको खरानी जताततै खसिरहेका छन् ।

त्यहाँ बसोबास गर्ने जनतालाई अग्लो स्थानमा जानका लागि अपिल गरिएको छ । हुंगा टोंगा–हुंगा हापाई ज्वालामुखीमा भइरहेको हलचलपछि यो सबैभन्दा ताजा विस्फोट हो । 

उता, फिजीको राजधानी सुवाका अधिकारीहरूले ८ मिनेटसम्म भएको ज्वालामुखीको विस्फोटको आवाज यति भीषण थियो कि त्यो आवाज ५ सय माइल पर रहेको फिजीसम्म सुनिएको थियो ।

टोंगाका भूगर्भ विभागका अनुसार ज्वालामुखीबाट निस्किएको ग्यास, धुवाँ र बादल आकाशमा २० किलोमिटर माथिसम्म पुगेको थियो । टोंगाको राजधानी ज्वालामुखीबाट मात्र ६५ किलोमिटरको दुरीमा रहेको छ ।

अस्ट्रेलियाको मौसम विभागका अनुसार १।२ मिटर अग्लो सुनामी त्यहाँ दर्ता गरिएको छ । ज्वालामुखी विस्फोटले २३ सय किलोमिटर टाढा रहेको न्युजिल्याण्डमा पनि आँधीको चेतावनी जारी गरिएको छ ।