कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । कैलालीमा मोटसाइकल दुर्घटनाबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । धनगढी-अत्तरिया ६ लेन सडकमा मोटसाइकल दुर्घटना हुँदा घाइते भएका गोदावरी नगरपालिका–१ चैतन्यपुरका १८ वर्षीय गणेश बलायरको मृत्यु भएको हो ।

उनको पदमा अस्पतालबाट धनगढीतर्फ लैजाने क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । शनिबार अत्तरिया–धनगढी सडकमा से५प ७१९ र सुपप्र ०१०प५८१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

यस्तै अर्का घाइते धनगढीका १९ वर्षीय अमङ्गजंङ्ग ठकुरीको भने माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।