शनिबार सुदूरपश्चिम प्रदेशमा थप २८३ जनामा कोरोना संक्रमण

शनिबार सुदूरपश्चिम प्रदेशमा थप २८३ जनामा कोरोना संक्रमण

धनगढी । शनिबार सुदूरपश्चिम प्रदेशमा २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार २२१ जनाको पीसीआरमार्फत र १ हजार २०८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा २८३ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार जम्मा १ हजार ४२९ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । शनिबार संक्रमण पुष्टि भएका २ सय ८३ जनामध्ये एक सय २६ जना भारतबाट आएका नेपाली हुन्।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १०३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४५, जुलाघाटबाट फर्केका ४ जना र पुलघाट नाका भएर फर्केका ५ जनामा संक्रमण पुष्टि भएको हो।