छैटों लालझाडी कप  फुटबल प्रतियोगिता हुने

छैटों लालझाडी कप  फुटबल प्रतियोगिता हुने

कञ्चनपुर : कञ्चनपुरको पुनर्वासमा बिगतका बर्षझै यस बर्ष पनि लालझाडी युवा क्लब ११ को आयोजनामा छैटों लालझाडी कप  फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।

आयोजक लालझाडी युवा क्लब ११ ले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी गराए अनुसार पुनर्वास नगरपालिका १० स्थित बिजय माविको खेल मैदानमा चैत १ गते देखी १० गतेसम्म खेल सञ्चालन हुनेछ ।

प्रतियोगिता नक आउटको आधाारमा खेलाईने क्लबका अध्यक्ष काशीराम बोहराले  बताउनुभयो ।  १० दिन सम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्रकै सर्वा्िधक धनराशिको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजकको दाबी छ ।

छैटो संस्करणको उक्त प्रतियोगितामा प्रथम पुरस्कार रू. १ लाख ५० हजार साथमा शानदार ट्रफी , द्वितीय पुरस्कार ७५ हजार साथमा शानदार ट्रफी उत्कृष्ट खेलाडीलाई रु ७ हजार, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिड फिल्डर सर्वाधिक गोलकर्ता,उदयमान खेलाडीलाई जनही ५÷५ हजार र म्यान अफ द म्याच लाई प्रत्यक खेलमा रु १ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यस क्लबले बिभिन्न प्रतियोगिताको आयोजना गर्दै आएको छ ।