विश्वभर २४ घण्टामा १९ लाखभन्दा धेरै कोरोना संक्रमित थपिए, सबैभन्दा बढी अमेरिकामा थपिए

विश्वभर २४ घण्टामा १९ लाखभन्दा धेरै कोरोना संक्रमित थपिए, सबैभन्दा बढी अमेरिकामा थपिए

विश्वभर पछिल्लो २४ घण्टामा १९ लाख २२ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा अमेरिकामा २ लाख ७९ हजार, फ्रान्समा २ लाख ७८ हजार, इटलीमा एक लाख ४९ हजार, अष्ट्रेलियामा ८६ हजार र बेलायतमा ७० हजार छन्।

यसैगरी अर्जेन्टिमा ६५ हजार, टर्कीमा ५४ हजार, मेक्सीकोमा ४७ हजार, जर्मनीमा ४५ हजार, फिलिपिन्समा ३७ हजार, नेदरल्याण्डस्मा ३६ हजार, कम्बोडियामा ३२ हजार, ब्राजिलमा ३१ हजार र रुसमा २९ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ९ लाख ८५ हजार जना संक्रमणमुक्त भएका छन् । अर्जेन्टिनामा एक लाख ३ हजार, ब्राजिलमा ८९ हजार, इटलीमा ७९ हजार, टर्कीमा ६८ हजार, कम्बोडियामा ३४ हजार, अमेरिकामा ३१ हजार, फ्रान्समा ३० हजार र रुसमा २२ हजार निको भएका हुन् ।

त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ९५७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ६८६,अमेरिकामा ३२२, इटलीमा २४८, फ्रान्समा ९८, ब्राजिलमा ९२ र बेलायतमा ८८ जना छन् ।