प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन दोस्रोपटक मतदानको तयारी

प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन दोस्रोपटक मतदानको तयारी

प्रदेश २ को नामकरण र राजधानीका लागि सोमवार प्रदेश सभामा मतदानको तयारी गरिएको छ । प्रदेशको नामकरण र स्थायी राजधानीका लागि विशेष अध्ययन समिति गठन गरिएको थियो । 

सो समितिले प्रदेश सभामा पेश गरेको प्रतिवेदनमा छलफल जारी छ । आइतवारको प्रदेश सभा बैठकमा भाग नलिएका सांसदले आफ्नो धारणा राख्नेछन् । 

प्रदेशको नाम ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेश प्रदेश’ मा मतदान हुने बताइएको छ । स्थायी राजधानीका विषयमा भने वीरगञ्जका दुई वटा र जनकपुरधाम प्रस्ताव गरिएको छ । त्यसमा मतदान हुनेछ । 

प्रदेशको नाम र राजधानी टुंगाउन दुई तिहाई आवश्यक पर्छ । तर, दुई तिहाइ पुग्ने जस्तो भने अवस्था देखिँदैन । यसअघि पनि २०७७ चैत ५ मा नाम र स्थायी राजधानीका विषयमा मतदान भएको थियो । तर, दुई तिहाई नपुगेपछि कुनै पनि प्रस्ताव पारित हुन सकेन ।