एमालेको सर्कुलर : सार्वजनिक कार्यक्रम रोक्नू, आन्तरिक बैठकमा सतर्कता अपनाउनू

एमालेको सर्कुलर : सार्वजनिक कार्यक्रम रोक्नू, आन्तरिक बैठकमा सतर्कता अपनाउनू

नेकपा (एमाले) ले कोरोना महामारीका कारण २५ जनाभन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसंगठनका सबै प्रकारका सार्वजनिक कार्यक्रमहरु हाललाई स्थगित गर्न निर्देशन दिएको छ। 

प्रदेश तथा जिल्ला कार्यालयहरुलाई आन्तरिक सर्कुलर जारी गर्दै एमालेले पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रमहरु आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न भनेको छ। 

केन्द्रीय कार्यालयका सचिव डा. भीष्मनाथ अधिकारीले जारी गरेको सर्कुलरमा स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरु सुचारु राख्न निर्देशन दिइएको छ।

पार्टीका स्थानीय कमिटी, नेता-कार्यकर्ता र जनप्रतिनिधिहरु कोभिड १९ को महामारीका विरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि भनिएको छ।